बैशाख२४,काठमाडौं । महन्थ ठाकुरको अध्यक्ष संघीय गठबन्धनको पहिलो बैठक आइतबार बसेको छ । विजुली बजारस्थित राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा बैठक दिउँसो तीन बजेटबा सुरु भएको छ । बैठकमा गठबन्धनमा आवद्ध २२ दल मध्ये १६ वटा दल सहभागी रहेको छ । बैठकमा आन्दोलन बारे छलफल हुँदैछ । व्यवस्थापिका संसदको बैठक चार गतेसम्मका लागि स्थगित भएको भन्दै संविधान संशोधनको सम्भावना टरेकोले आन्दोलन घोषणा गर्नु पर्ने गठबन्धनका नेताहरुले बताएका छन् । आइतबार साँझ नै गठबन्धनको निर्णयहरु सार्वजनिक हुनेछ ।