२५ बैशाख २०७४काठमाडौं । सर्वोच्च अदालतको महाअभियोग बिरूद्धको अन्तरिम आदेशपछि सर्वोच्चमा फर्किएकी प्रधानन्यायाधीश सुशीला कार्कीले अब मुद्दा नहेर्ने बताएकी छन् । हिजो सितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसंगको भेटघाटमा उनले अब आफूले अवकाश नपाएसम्म कुनै पनि मुद्दा आफूले नहेर्ने बताएकी हुन् । स्रोतकाअनुसार उनले अवकासको बाँकी एक महिना मुद्दा नहेर्ने चलनलाई कायम राखिने बताएकी छन् । यद्यपी, उनले आफूले अन्य न्यायाधीशका लागि भने पशी तोकी दिने बताएकी छन् । अवकासको एक महिना अघिदेखि बिदामा बस्ने वा आफ्ना लागि इजलास नतोक्ने परम्परा पनि सर्वोच्च अदालतमा छ । तर सबै न्यायाधीशले यो परम्पराको पालना गरेका छैनन् । पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा, रामकुमार शाह र कल्याण श्रेष्ठले अवकाशको अघिल्लो दिनसम्म आफ्ना लागि इजलास तोकेका थिए । तर, कार्की विदामा नबसेर पनि मुद्दा नहेर्ने भएकी छन् । यसअघि बैशाख १७ गते सरकारले कार्की विरुद्ध महाअभियोग प्रस्ताव ल्याएको थियो । २१ गते पुनः सर्बोेच्च अदालतले सरकारलाई महाअभियोग अगाडि नबढाउन अन्तरिम आदेश दिएको थियो ।