२६बैशाख । संविधान संशोधन प्रस्तावलाई पहिलो चरणको निर्वाचनपछि प्रक्रियामा लैजाने सहमती भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ तीन दल र संघीय गठबन्धनबीचको बैठकले संशोधन प्रस्तावलाई स्थानीय तह पहिलो चरणको निर्वाचनपछि मात्रै प्रक्रियामा लैजाने सझदारी गरेका हुन् । जेठ ४ गतेका लागि बोलाइएको व्यवस्थापिका संसदको बैठकमा संशोधन विधेयक प्रक्रियामा ललिने छ । सअघि गत वैशाख १७ गते नै प्रस्तावलाई प्रक्रियामा लैजाने तयारी भए पनि राप्रपाका केही सांसदहरु गायब भएपछि रोकिए थियो । सत्तारुढ दलहरुबीच भएको समझदारीलाई संघीय गठबन्धनका नेताहरुले भने सरकार र आफूहरुसँग भएको सहमति तोडेर सरकारले धोका दिएको आरोप लगाएका छन् । उनीहरुले निर्वाचन अघि नै फास्ट ट्रयाकबाट संविधान संशोधन प्रस्ताव पारित गर्ने कुराबाट सरकार पछि हटेकोमा असन्तुष्टि जनाएका थिए ।