काठमाडौं, वैशाख २६ – मन्त्रिमण्डलमा लोकतान्त्रिक फोरमका तर्फबाट तीनजना राज्यमन्त्री थपिएका छन् । मंगलबार भूमिसुधार राज्य मन्त्रीमा यशोदा लामा, पर्यटन राज्यमन्त्रीमा सुमित्रा थरुनी र स्थानीय विकास राज्यमन्त्रीमा जनकराज चौधरी नियुक्त हुनुभएको हो । लामा र थरुनीले आजै सपथ ग्रहण र पदवहाली गर्नुभएको छ भने चौधरी काठमाडौ बाहिर रहेकाले अर्को दिन सपथ ग्रहण हुने लोकतान्त्रिक फोरमका मुख्य सचेतक योगेन्द्र चौधरीले जानकारी दिनुभयो । सोमबार लोकतान्त्रिक फोरमका तर्फबाट विजयकुमार गच्छदार जितेन्द्र देव र गोपाल दहित मन्त्री बनेपछि मंगलबार राज्यमन्त्री थपिएका हुन् ।