काठमाडौं, जेठ २– नवलपरासीको सुनवलमा जिपले स्कुटरलाई ठक्कर दिँदा घाईते भएका भागबिर पुनको साथमा दुईनाल बाह्रबोर बन्दुक र ४ राउण्ड गोली फेला परेको छ । सोमबार सुनवलमा जिपले स्कुलटरलाई ठक्कर दिएपछी पुनलाई प्रहरीले उपचारका लागी बुटवलको जेनस हस्पिटल पठाएको थियो । हस्पिटलमा उपचार गराईरहेको बेला पुनको झोला चेकजाँच गर्दा बाह्रबोर बन्दुक र गोलि भेटिएको ईलाका प्रहरी कार्यालय वुटवलका डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए । सुनवल नगरपालिका–३ बस्ने ३४ वर्षीय भागबिर पुनको साथमा भेटिएको हतियार बरामद गरिएको र प्रहरीको निगरानीमा लुम्बिनी अंचल अस्पतालमा उपचार भईरहेको छ ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।