
रौतहट, ३ जेठ । विधाकाे सागर मानिने विधालयमा जहाँ अवाेध बालबालिकाहरु देखि युवासम्म अध्यन अध्यापन गर्ने विद्याको मन्दीरमा फोहरको लाग्नु र त्यसमा मादक पदार्थका बोतलहरु फेला पर्नुबाट विद्यालय प्रशासन र नगर शिक्षा माथि गम्भीर प्रश्न खडा भएकाे हाे ।
गौर नगरपालिका–८ मठ नजिकरहेका आधारभूत प्राथमिक विद्यालय पुरेनवाको सफा सुन्दरकाे दयनीय अवस्था बारे सार्वजनिककाे हाे। गाउकै भर्खरै सुशासन काे नारा बाेकेका वर्तमान सरकार का राष्ट्रिय स्वतन्त्र पार्टीका भावी वडाध्यक्ष उम्मेदवार विरेन्द्र साहको अगुवाईमा स्थानीय युवाहरू मिलि विद्यालय सुधार तथा सरसफाई अभियान संचालन गरेका हुन् ।
शिक्षाको सागर मानिने विद्यालय परिसरमै मादक पदार्थ मदिरा, वियरको खाली बोतल फेला पर्नु, शौचालयमा फोहोरको दुग्नध, डलाेहरू देखापनु तथा सरसफाइको अभाव देखिएपछि साहको नेतृत्वमा स्थानीय युवाहरूले स्वतःस्फूर्त रूपमा बृहत् सरसफाइ अभियान सञ्चालन गरेका हुन। युवाहरूले लामो समयदेखि विद्यालय व्यवस्थापन र जनप्रतिनिधिको चरम लापरबाहीका कारण विद्याको मन्दिर नै फोहोर र दुर्गन्धको केन्द्र बनेको आरोप लाग्दै आएपछि सफाई गरिएको हाे । मधेस प्रदेश मा राैतहटका शिक्षाको स्तर कम रहेकाे सर्ब बिदितेइ छ।
विद्यालयमा आधारभूत मापदण्ड अनुसार शौचालय भए पनि नियमित सरसफाइ नहुँदा फोहोर र दुर्गन्धका कारण विद्यार्थीहरूको स्वास्थ्य जोखिममा परेको युवाहरूले भन्छन। गाउकै भविष्य का कर्न्धार उज्ज्वल भविष्य घर घरमा पुय्याउन सबैकाे चाहना रहेकाेमा
समाजसेवी साहले गाैर नपा का मेयर उपप्रमुख हाकिम र शिक्षाका जिम्मेवार ब्यक्ति एव वडा अध्यक्ष तथा नगरपालिका प्रति समेत असन्तुष्टि जनाउँदै विद्यालयको कठिन दयनीय अवस्था प्रति बेवास्ता गर्नु गम्भीर कमजोरी भएको आराेप लगाए। सरसफाइ अभियानमा मुकेश कुमार साह, राम बालिक साह, सञ्जय साह, राजा बाबु महतो, सुबोध साह, कृष्ण साह लगायत दुई दर्जनभन्दा बढी युवाहरुले साथ दिएको थिए।
स्थानीय युवाहरूले विद्यालय परिसरमा नियमित सरसफाइको व्यवस्था गर्न, विद्यालय आसपास क्षेत्रमा भइरहेका अनैतिक गतिविधि तत्काल रोक्न तथा शैक्षिक वातावरण सुधारका लागि सम्बन्धित निकायले अविलम्ब कडा कदम चाल्न युवाको ढुकढुकी रहेकाे सबैले अवाज उठाए



