बैशाख २८ गते
स्वास्थ्य बिमा कार्यक्रमलाई सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनर्संरचना गर्ने भएको छ। आगामी आर्थिक वर्ष ०८३-८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य बिमालाई पारदर्शी, व्यवस्थित र बिरामीमैत्री बनाउन पुनर्संरचना प्रस्ताव प्रस्तुत गरियो ।
स्वास्थ्य बिमाको सेवा र उपचार सहज बनाउन पुनर्संरचनाको खाँचो रहेको भन्दै सरकारले व्यवस्थित बनाउने योजना अघि बढाएको हो। हाल स्वास्थ्य बिमा कार्यक्रम कहि कतै बन्द र खुल्ला अस्तव्यस्त छन। कतिपय अस्पतालले स्वास्थ्य बिमाको भुक्तानी नपाएको भन्दै सेवासमेत बन्द गरिरएकाे हाे ।
बिमामा समावेश भएका औषधि नपाइने, लामो लाइन बस्नुपर्ने, कर्मचारीबाट फरक किसिमको व्यवहार हुनेजस्ता कारणले स्वास्थ्य बिमा कार्यक्रमप्रति आम सर्वसाधारण ले असन्तुष्ट पाेख छन्। सरकारले स्वास्थ्य बिमाका सेवा प्रदायक अस्पताललाई करिब कराेडाकाे भुक्तानी दिन बाँकी छ।

