१६ जेठ, दाङ । तुलसीपुरको उच्च अदालत नजिकै रोकिराखेको बसमा आगजनी भएको छ । ना ३ ख १४५१ नम्बरको बसमा मंगलबार बिहान साढे १० बजेतिर आगो लागेको हो । आगो लाग्नुको कारण खुलेको छैन । तुलसीपुर उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको छ । उक्त बस लामो समयदेखि रोकिराखेको र बिहान एक्कासी आगो लागेको स्थानीयले बताएका छन् ।