रामएकवाल साह
राैतहट ,१५ साउन
गाई, गोरु र भैसीहरुमा फैलिएको लम्पी स्किन रोगले रौतहट जिल्लामा ४१ वटा गाई भैसी मरिसकेका छन । मानिसमा कोरोना भाइरस रोग जस्तै पशुहरुमा पनि लम्पी सिकन रोग फैलिएको छ । गाईहरुको शरीरमा मसिना र गोलो आकारको फोका भएको देखा परेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहटका प्रमुख इनरदेव साहको अध्यक्षतामा लम्पी सि्कन रोगको खोप समस्या सम्बन्धी स्थानीयतह संगै समन्वयात्मक बैठकमा संघीय र मधेश प्रदेश निर्देशन अनुसार खोप संचालन गर्ने सबै स्थानीय निकायका पशु सेवामा काम गर्ने सबै कर्मचारी सित आग्रह गरेका छन । प्रदेश सरकारले ७७ लाख बजेट बिनियोजन गरेको मध्ये ६४ हजार खोप खरीद गरेकोमा रौतहट जिल्लाका लागि ८ हजार खोप उपलब्ध गराइएको मधेश प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्रालयका पशुपंक्षी योजना प्रमुख डा. शिवनन्दन यादबले कार्यक्रममा जानकारी गराए । सो कार्यक्रममा मधेश प्रदेश सरकारका पशु शाखाका योजना प्रमुख डा. अभिनाथ झा, प्रेमचन्द्र मण्डलका साथै सबै १८ वटै स्थानीय निकायका भेटेरिनरी अस्पताल पशु सेवाका कर्मचारीहरुको उपस्थित रहेका थिए । यो रोग पशुहरुमा २०७७ सालमा असार १० गते मोरङ्ग जिल्लामा फेला परेको थियो । तत्पश्चात २०७९ चैत बैशाख महिना देखि यो रोग राष्ट्रिय दैविक प्रकोपको रुपमा फैलिन थाले। यसलाई निराकरण गर्न संघीय सरकारकाे निर्देशनमा मधेश प्रदेश सरकारका मातहतमा रहेका पशुपंक्षी तथा मत्स्य विकास निर्देशानालयले ८ जिल्ला सिरहा,सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र पर्सा जिल्लामा रोग नियन्त्रण गर्नका लागि खोप संचालन गर्न निर्देशन दिए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहटको मातहतमा रहेका १६ नगरपालिका २ गाउँपालिका स्थानीयतह संगै समन्वय गरी अाठ हजार अाएकाे खाेप दामासाहीकाे हिसाबले सबै स्थानीय तहमा लम्पी सिकन रोग फैलिन नदिन वडा-वडामा खोप अभियान संचालन गरेका छन, । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहटको तथ्यांक अनुसार जिल्लामा प्रभावित पशु १३६५ वटा साे मध्ये गाई १३५५ र भैसी १० र मृत्यु ३२मा गाई ३१ र भैसी १ रहेको छ। नगरपालिका सग सम्नवय गरी १३०२५ खोप वितरण भई सकेको कार्यालय प्रमुख ईन्द्रदेव साहले बताए । स्थानीय तहका चन्द्रपुर नगरपालिकामा प्रभावित पशु ४६२ वटा- गाई-४६०, भैसी-२ र मृत्युहुने मा १३ वटा- गाई-१२ भैसी १ यस्तै गरुडा नगरपालिकामा प्रभावित पशु १११ मध्ये गाई- ११० र भैसी-१ रहेका छन मृत्यु हुने गाइ ३ रहेकाे छ। बृन्दावन नगरपालिकामा गाई ९९ र भैसी २ जम्मा १०१ प्रभावित रहेका छ्न ,गाइ १वटा मृत्यु भएको हाे। गढीमाई नगरपालिकामा प्रभावित पशु १९, गुजरा नगरपालिकामा १०२ प्रभावित पशु गाई १०१ भैसी-१ मृत्यु २ गाई २वटा रहेको । फतुहाविजयपुर नगरपालिकामा प्रभावित पशु ८१- गाई ८१ , मौलापुर नगरपालिकामा प्रभावित पशु ७८ गाई-७७ भैसी-१ मूत्यु १ गाई रहेकाे,यस्तै कटहरिया नगरपालिकामा प्रभावित पशु २२- मृत्यु २ गाई-२रहेको । माधवनारायण नगरपालिकामा प्रभावित पशु -२६- गाई २६ मृत्यु ४, देवाहीगोनाही नगरपालिका प्रभावित पशु २७ – गाई २७ र मृत्यु शुन्य र गौर नगरपालिकामा प्रभावित पशु १०१ – गाई ९९ भैसी २ मृत्यु ७मा गाई ७ रहेको, इशनाथ नगरपालिकामा प्रभावित पशु ३४- गाई ३४, परोहा नगरपालिकामा प्रभावित ३५, राजपुर नगरपालिका प्रभावित पशु ४५, बौद्धीमाई नगरपालिकामा प्रभावित पशु ४० – मृत्यु १ , यमुनामाई गाउँपालिकामा प्रभावित पशु २२मध्ये गाई २२, राजदेवी नगरपालिकामा प्रभावित पशु ३३ गाई ३२ भैसी १ मृत्युहुनेमा गाई १रहेको र दुर्गा भगवती गाउँपालिकामा प्रभावित पशु ३० मृत्यु १ गाई रहेको कार्यक्रम प्रमुख इन्द्रदेव साह र लम्पीसिकिन रोग शाखा प्रमुख डा. मदन राय यादबले जानकारी गराएका छन । सिरिन्च,निडिल, कटन कपडा र खोप दिईेने कर्मचारीकाे पारिश्रमिक समेत ब्यवस्था गर्न स्थानिय निकाय संग मांग गर्ने कार्यक्रम प्रमुख इन्द्रदेव साहले आग्रह गरेका छन।