चितवनको भरतपुर महानगरपालिकामा अहिले सिंगो राष्ट्रको ध्यान केन्द्रीत भएको छ । खासगरी माओवादी केन्द्रका सुप्रिमो प्रचण्डकी छोरीले कांग्रेसको सहयोगमा मेयरका लागि उम्मेदवार दिएपछि चितवन सबैको आँखामा परेको छ । तर अहिलेसम्मको प्रारम्भिक नजितामा कांग्रेस र माओवादीको संयुक्त प्यानललाई एमालेको एकल प्यानलले अग्रता कायम गरेपछि प्रचण्ड छोरी रेणुले हार्ने धेरैले भविष्यवाणी गर्न थालेका छन् । एक टिभी पत्रकार रवि लामिछानिले त प्रचण्ड छोरी रेणुले जिते आफुले आत्महत्या गर्ने घोषणा गर्ने घोषणा समेत गरेका छन् । न्युज २४ टेलिभिजनमा काम गर्ने पत्रकार लामिछानेले यस्तो घोषणा गरेका हुन् । उनीजस्तै धेरैले रेणुले हार्ने संभावना रहेको बताइरहेका छन् । खासमा कांग्रेसले माओवादी केन्द्रसँग गरेको तालमेललाई उनका कार्यकर्ताहरुले स्वीकार नगरेपछि कांग्रेस कार्यकर्ता र शुभचिन्तकको भोट क्रस भएर एमालेमा जाने बुझिएको छ । त्यसो हुँदा कांग्रेसको धेरै मत खेर गए रेणुले हार्ने प्रवल संभावना रहेको विश्लेषण गर्न थालिएको छ ।