२६ साउन, काठमाडौं । सप्तरीको राजविराज–४ विरौलामा रहेको खाँडो नदीको बाँध भत्किएको छ । नदीमा आएको बाढीले बाँध भत्किएपछि बस्तीमा पानी पसेको छ । बाँध भत्किएपछि राजविराज नगरपालिका, कोइलाडी बसाइनसहित आसपासका गाउँ डुवानमा पर्ने खतरा बढेको छ । भर्खर त्यहाँ प्रहरी टोली पुगेको छ ।