रामएकवाल साह ,जेठ २ राैतहट। प्रहरीले गोली चलाएर बरामद गरेको शुक्रबारका दिन मलखाद गौर भन्सारले केही दिनमै साेमवार केही बेरमै पुनः ब्यापारीकाे जिम्मा लगउनुभएको छ।
भन्सार कार्यालय गौरका प्रमुख वासु नेपाल र नायब सुब्बा रेवती रोक्काले तस्करहरूसँग सेटिङ मिलाएर करिब आधा मूल्यमा मल खाद तस्करहरुकै हातमा पुग्ने गरी लिलामप्रक्रिया अगाडि बढाउनुभएकाे थियोे।
गौर भन्सार कार्यालयले जेठ १ मा ८०३ बोरा युरिया, ४७९ बोरा डिएपी र २४ बोरा पोटासलाई लिलाम बढाबढ गरिने सूचना जारी गरेको थियाे केही घण्टा मै लिलामी गरेको जानकारी गराउनुभयाे।
जिल्ला प्रहरी कार्यालय रौतहट र सशस्त्र प्रहरी बल नेपाल गौरको टोलीले २०,०२,६० मूल्य कायम गरेको मल खाद गौर भन्सारले जेठ १ मै १० लाख रुपैयाँमा चन्द्रपुरका एक व्यवसायीले लिलाम सकार गरनुभएकाे हाे।
अवैध रुपमा भित्रिएको रासायनिक मल गौर भन्सार कार्यालयले व्यवसायीको मिलेमतोमा न्यून दर रेट कायम गरी बजार मूल्यभन्दा करिब आधा मूल्याङ्कन गरी गाैर भन्सार प्रमुखले लिलामी प्रक्रिया गरी भन्सार एजेन्टमार्फत तस्करलाई जिम्मा लगाएको स्थानीय रघुनाथ साहले आरोप लगाउनुभएकाे हाे।
रौतहट प्रहरीले गत शुक्रबार साँझ राजपुर नगरपालिका ५ स्थित घरबाट १ हजार ३ सय बोरा मल बरामद गरेको थियो। आइतबार गौर भन्सार कार्यालयमा दाखिला गरिएको मल सोमवार केही बेरमै प्रक्रिया पूरा गरी भन्सार कार्यालयले लिलामी गरेको सूचना प्रकाशित गरेको केही बेरमै लिलामी गरिएपछि भन्सार प्रमुखको सर्वत्र आलोचना भइरहेको छ। पहिले पनि तस्करसित मिलेर भन्सार राजस्व कम उठेको र गौर भन्सारमा अनियमितता भइरहेको विषयमा भन्सार प्रमुख नेपालले विभिन्न निकायहरूमा स्पष्टीकरण दिइसकेका छन्। भन्सार प्रमुख नेपालबारे जिल्ला प्रशासन कार्यालय र भन्सार विभागले छानबिन गरिरहेकै समयमा नेपालले सूचना निकालेको केही बेरमै आधा मूल्यमा रासायनिक मल तस्करको जिम्मा लगाउँदै लाखौँ रुपैयाँ राजस्व कम गराएको भन्दै सदरमुकाम जिल्लामा आलोचना खेपिरहनुभएकाे छ।
सुरक्षाकर्मी ब्यापारी सग विवादका बीच अवैध चोरी निकासीको सामान बरामद गरी भन्सार दाखिला गर्दा अन्य वस्तुमा समेत न्यून भन्सार दर राखेर लिलाम प्रक्रिया गर्ने गरेकाले प्रहरी हतोत्साहित हुँदै गएको पाइएको छ। अत्यधिक न्यून रकम राखेर भन्सारले मलको लिलामी गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।