राम एकवाल साह राैतहट १२,जेठ =रौतहटका एक यूवक मलेसिया कमाउन गएका यमुनामाईगाउपालिका वडा न ४ वस्ने नरेशराम आफ्ना सम्पूर्ण परिवार र समाजलई छाेडेर मृत्युुमा परिणत हुनुभयो । परिवारलाई परिवर्तन एव समाजमा रहेका चिनारीकाे रूपमा आज एक समारोह बिच जिएस समाजसेवा युवा कल्व मलेसियाले नेपालका हाेनहार युवा गढीमाई नगरपालिका ध्रम्पुर घरभएका विजय जयसवाल का टिमहरूकाे पिडित परिवारलाई आर्थिक सहयोग गरेको छ । छातीको समस्याका कारण गत २०२२ मार्च २९ तारीखमा मृत्यु भएका रौतहटको यमुनामाई गाउँपालिका ४ सरुअठाका नरेश रामको परिवारलाई संगै काम गर्ने सहकर्मीहरूले नेपालीहरूप्रती एकजुटा एव दुनियाँ देखाेस कि हामी एक हाै मलेसियामा काम गर्ने १३००जनाले रयाल २५ का दरले मृतक परिवार लाई आर्थिक सहायता गरेका छन् ।
मृतकका बाबू अामा बाल बच्चालाई एव परिवारलाई कठिनाइ एव महसुस नहाेस उदेश्य का साथ जीवन यापनका लागि मलेसिया बस्ने नेपालीहरुले चन्दा संकलन गरी नेपाली रुपैयाँ ११ लाख ४५ हजार ८ सय ८० रुपैयाँ जिएस समाजसेवा युवा कल्व मलेसिया मार्फत सहयोग रकम पठाएका थिए । सो रकम मृतकका बुवा माधो राम र आमा मिना देवी रामलाई सरूअठा का वडा अध्यक्ष अशविनी कुमार यादव अतिथ्य नेपाल पत्रकार महासंघ रौतहट सभापती प्रेमचन्द्र झाको प्रमुख आतिथ्यमा समाजसेवी ,भद्रभ्लाद्मी, प्रहरी सन्चार्कर्य्मीको राेहवरमा रकम हस्तान्तरण गरिएको हाे।
रकम हस्तान्तरण गर्ने बेला आफना भनाइ राख्ने क्रममा प्रमुख अतिथी महासंघ रौतहट सभापती प्रेम्चन्द्र झाले संगठनमा नै शक्ति हुन्छ जुन आज देखनको लागि मिल्यो । थोरै थोरै भएपनि रकम संकलन गरेर मृत्क नरेश रामको परिवारको लागि सहाराको रुपमा जिएस समाजसेवा युवा कल्वालाई सराहना गरेका थिए।
यसको जति प्रशंसा गरेपनि कमै हुने कार्यक्रमलाइ समापन गर्दै कल्बका बरिष्ट उपाध्यक्ष मिथुन विराजी यादवले अहिले सम्म जिएस समाजसेवा युवा कल्व मलेसियाले यस्तै परिवारहरुलाइ १ करोडको हाराहारीमा आर्थिक सहयोग गरि सकेको जानकारी गराए थिए।
रकम हस्तान्तरण कार्यक्रमा सो वडाका वडा अध्यक्ष अश्विनी कुमार यादव,सहयोग पठाउने आयोजक संस्थाका उपाध्यक्ष विजय जयसवाल, मिथुन विराजी यादव ,
दिनेस जयसवाल भुवन कार्की, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य शैलेन्द्र झा सहितका पत्रकार स्थानीय भद्रभलामीहरुको उपस्थिति रहेको थियो उपाध्यक्ष बिजय यादवले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सचालक मुकेश यादवले गरेका थिए।