
रौतहट, २८ वैशाख । राैतहट जिल्लामा सचार जगतमा फड्को मारेका रेड टेलिभिजनकी संस्थापिका स्वर्गीय रामा यादव को पाँचौँ पुण्यतिथिको अवसरमा प्रदान गरिएको “रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०८१–०८२ वर्ष मा दुई महिला सञ्चारकर्मी सम्मानित भएकी छिन् ।
रामा देवी स्मृति प्रतिष्ठान द्वारा रौतहट सदरमुकाम गौर स्थित जिल्ला समन्वय समिति रौतहटको सभाकक्षमा आयोजित समारोहमा साेमवारका दिन स्वास्थ क्षेत्रमा कलम चलाउने धनुषाकी चान्दनी झा र बाराकी शारदा पोखरेललाई नगद २६ हजार सहित र कदरपत्र प्रदान गर्दै सम्मान गरिएकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि मिडिया काउन्सिल मधेश प्रदेश जनकपुरका कार्यवाहक अध्यक्ष सुरेश यादवले बदलिँदो परिवेशमा सञ्चारकर्मीमाथि विभिन्न चुनौती एव पिडा थपिदै गएको उल्लेख गर्दै पत्रकारहरू आफ्नो हक–अधिकार र पेशागत सुरक्षाका लागि एकजुट हुनुपर्ने आवश्यकता हाे ।
उनले पत्रकारलाई “आवाजविहीनहरूको आवाज”र समाजका ए ेनाकाे रूपमा संज्ञा दिँदै पत्रकारितामा श्रमअनुसारको प्रतिफल नपाउँदा विकृति र विसंगति मौलाउँदै गएको स्पष्ट पारे । त्यस्ता चुनौतीलाई चिर्दै समाज र सञ्चार क्षेत्रको प्रतिष्ठा उकास्ने सकारात्मक तथा जिम्मेवार पत्रकारिता आवश्यक रहेको उनको भनाइ राख्नु भयाे ।
यस्तै जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या प्रसाद यादवले पत्रकारिता मार्फत समाज र जिल्लालाई सही दिशामा अघि बढाउने जिम्मेवारी पत्रकारको काँधमा रहेको बताए । “असल पत्रकारमा सही सोच, जिम्मेवारीबोध र सही कदम हुनुपर्छ वहाँले आफ्नो मन्तबयमा ब्यक्त गरे।।
राैतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले तराई–मधेशमा महिला पत्रकारको संख्या अन्य स्थानको भन्दा निकै न्यून रहेको अवस्थामा चुनौतीका बीच तथ्यपरक रिपोर्टिङ गर्ने महिला पत्रकारहरूको भूमिका प्रशंसनीय रहेको बताए । स्वास्थ्य सहित विभिन्न सामाजिक मुद्दामा निरन्तर कलम चलाइरहेका महिला पत्रकारप्रति उनले उच्च सम्मान व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कार्की तथा वरिष्ठ पत्रकार प्रभातकुमार झाले पत्रकारिता क्षेत्रमा सुधार र महिला पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको पुरस्कारले नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।
पुरस्कृतमहिला पत्रकार जनकपुर का चादनी झा र बाराकी बविता पोखरेलले पत्रकारिता यात्रामा भोग्नुपरेका चुनौती र पीडालाई आफ्नो स्मरण गर्दै कठिन परिस्थितिका बीच पनि निर्भीक रूपमा पेशामा निरन्तर लागिरहँदा प्राप्त भएको सम्मानले थप हौसला आफ्नो भनाइ राखे।
कार्यक्रममा रेड टेलिभिजनका संस्थापक तथा प्रतिष्ठानका संरक्षक एव पुर्व पत्रकार जयप्रकाश यादवले आगामी दिनमा पुरस्कारलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै महिला पत्रकारलाई थप सम्मानित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सम्मानित हुने महिला पत्रकारलाई जनही २६ हजारको नगद र कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हाे।
