रौतहट । बैशाख २२ गते ।
रौतहट जिल्ला अन्र्तगत गढीमाई गाउँपालिकामा आगलगी हुदा करिब तीन लाख बराबरको क्षति भएको छ । बिहिवार मध्यराती करिब १२ बजे स्थानीय वडा न. ७ धनाडी टोल निवासी ६५ बर्षिय शेख शौखत अलीको फुसको घरमा आगो लागेको हो । खाना पकाउने चुल्होबाट अचानक आगो सल्किन गई आगलगी हुदा घर
पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । घटनामा परी घरभित्र रहेको एक बाख्राको जलेर मृत्यु भएको छ भने घरभित्रको अन्नपात, घर बनाउनलाई राखिएको काठ, साइकल लगायतका समानहरु समेत करिब तीन लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।