प्रेममा परेका जोडीहरुले एक अर्कालाई लभ बाइट दिनु सामान्य कुरा हो । तर यहीँ मायालु टोकाई कतिपय अभागीहरुका लागि मृत्युको कारक समेत बन्दोरहेछ, सायद कसैले सोँचेको पनि हुँदैन ।
अमेरिकाको न्यु मेक्सिकोमा यस्तै भएको छ । त्यहाँ एक गर्लफ्रेण्डको लभ बाइटबाट उनका ब्वायफ्रेण्डको ज्यान गएको छ ।
समाचार अनुसार न्यु मेक्सिकोमा बस्ने १७ वर्षीय जुलियो गोन्जोलज आफ्नी २४ वषर्ीया प्रेमिकाको साथ डेटिंगपछि आफ्नो परिवारसँगै डिनर लिनका लागि घरमा बसेका थिए । अचानक उनको शरीरमा ऐठन हुनलाग्यो । उनलाई तिब्र रुपमा दुखाई महसुस भयो । उनलाई तत्कालै अस्पताल लगियो । डाक्टरहरुले उनको उपचार त सुरु गरे तर बचाउन भने सकेनन् ।
वास्तवमा प्रेमिकाको लभ बाइटबाट गोन्जालेजको गर्धनमा रगत जमेको थियो । उक्त जमेको रगत उनको मस्तिष्क सम्म पुगेछ जसका कारण उनलाई मस्तिष्कघात भयो र मृत्यु भयो । गोन्जालेजको मृत्युपछि उनकी प्रेमिका फरार छिन् ।