नुवाकोट, जेठ २ स्थानीय तह निर्वाचनको नुवाकोटमा २२ वटा वडाको नतिजा आएको छ । मेघाङ गाउँपालिकाको वडा नं. १ र २, तादी गाउँपालिकाको वडा नं. १, २, बेलकोटगढी नगरपालिकाको वडा नं. १ र २, तारकेश्वर गाउँपालिकाको वडा नं. ५ र ६, दुप्चेश्वर गाउपालिकको वडा नं. १ र २, लिखु गाउपालिकाको वडा नं. १, शिवपुरी गाउपालिकाको वडा न १ र २, सूर्यगढी गाउपालिकाको वडा नं. १, किस्पाङ गाउपालिका वडा नं. १ र २, ककनी गाउँपालिकाको वडा नं. १, विदर नगरपालिकाको वडा नंं १, २ र ३ र पन्चकन्या गाउपालिकाको वडा नं. १ को नजिता आएको छ । नुवाकोटको मेघाङ गाउंपालिका वडा नं. १ मा नेकपा एमाले विजयी भएको छ । मेघाङ गापा वडा नं. १ मा वडाध्यक्षका उम्मेदवार दलसिह तामाङसहित पांचै जना सदस्य विजयी भएको हो । दुई सय २३ मत खसेको सो वडाको अन्तिम मत परिणामसंगै नेकपा एमालेका तर्फवाड वडाध्यक्षमा दलसिह तामाङले ९२ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहांका साथ महिला सदस्यमा ९२ मतकै साथ सुनमाया तामाङ, ८७ मतले दलित महिला महिला सदस्यमा पदमकुमारी दमिनी, सदस्यमा ८७ मतका साथ पुर्णवहादुर तामाङ र ९१ मतका साथ घोसे तामाङ विजयी हुनु भएको मतदान अधिकृतको कार्यालय मेघाङले जनाएको छ ।
यस्तै मेघाङ गाउँपालिकाको वड नं. २ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार रुपबहादुर तामाङले ६ सय ७१ मत ल्याएर विजयी हुनु भएको छ । उहाका नजिकका प्रतिद्धन्द्धी सन्तवीर तामाङको ५ सय ९३ मत ल्याउनु भएको थियो । सदस्यहरुमा नेपाली कांग्रेसको लक्ष्मी तामाङले ६ सय २६ मत, एमालेको सीताकुमारी कामीले ६ सय २८ मत, एमालेकै तर्फबाट खुला सदस्य द्धय माधवकुमार तामाङले ६ सय ४९ मत र ज्ञानबहादुर तामाङले ६ सय ४६ मत ल्याएर विजयी हुनु भएको छ। यस्तै, तादी गाउँपालिका वडा नं. १ उर्लेनीमा भने वडा अध्यक्ष सहित सबै प्यानल नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार नकुरदोङ तामाङले ८ सय ४ मत ल्याएर विजयी हुनु भएको छ । नकुरका निकटतम् प्रतिद्धन्द्धी गोविन्दबहादुर थापाले ५ सय ५६ मत ल्याउनु भएको थियो । वडा सदस्यहरुमा नेपाली कांग्रेसका केशवबहादुर थापा, राम तामाङ, सम्झना तामाङ र लक्ष्मी सुनार विजयी हुनु भएको छ ।
तादी गाउँपालिकाको वडा नं. २ मा नेकपा माओवादी केन्द्रका बच्चुराम तामाङको प्यानल विजयी भएको छ । तामाङले ५ सय ७ मत ल्याउनु भएको थियो उहाका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामराजा तिमिल्सेनाले ३ सय २२ मत प्राप्त गर्नु भएको छ । सदस्यहरुमा यशोदा कट्टेलले ४ सय ३० मत, देवकी विकले ४ सय २९ मत, छत्रबहादुर खड्काले ४ सय ४४ मत र हर्कबहादुर तामाङले ३ सय ९५ मत ल्याउनु भएको छ । यस्तै, बेलकोटगढी नगरपालिका वडा नं. १ को पनि नतिजा आएको छ । वडा नंं. १ को वडा अध्यक्षमा नेकपा एमालेका सुब्बा तामाङ विजयी हुनु भएको छ । तामाङले ३ सय ८६ मत ल्याउनु भएको थियो भने उहाका प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका उम्मेदवारले २ सय ७० मत ल्याएका थिए । वडा सदस्यहरुमा एमाले महिला सदस्य सुस्मिता नेपालले ३ सय ८४, खुला सदस्य प्रकाश सापकोटाले ३ सय ८९, हर्कबहादुर तामाङले ३ सय ३७ मत ल्याएर विजयी हुनु भएको छ । दलित महिला सदस्यमा नेकपा माओवादी केन्द्रकी ठूलीकान्छी तामाङ निर्विरोध निर्वाचित भइसक्नु भएको छ । बेलकोटगढी वडा नं. २ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमालेका वडा अध्यक्षका उम्मेदवार रमेश न्यौपानेले ५ सय ९७ मत ल्याएर विजयी हुनु भएको हो । उहाका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका विष्णुमणि न्यौपानले ५ सय १७ मत ल्याउनु भएको छ । सदस्यहरुमा सानुमाया तामाङले ५ सय ६६, सान्नानी सुनारले ५ सय ६१, बलबहादुर तामाङले ५ सय ४१ र भक्तबहादुर तामाङले ५ सय ५१ मत ल्याएर विजयी हुनु भएको छ । यस्तै, तारकेश्वर गाउपालिका वडा नं. ६ मा नेपाली कांग्रेसका ज्ञानबहादुर तामाङले ३ सय ३१ मत ल्याएर विजयी हुनु भएको छ । उहाका प्रतिद्धन्द्धी नेकपा एमालेका रामबहादुर तामाङ २ सय ८१ मत ल्याउनु भएको थियो । सदस्यहरुमा नेपाली कांग्रेसका संगीतामाया तामाङ र संगीता दर्जी र नेकपा एमालेका नारायणप्रसाद रिमाल र शिवप्रसाद रिमाल विजयी हुनु भएको छ । तारकेश्वर कै वडा नं. ५ को नतिजा आएको छ । वडा नं. ५ नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार चुडामणी गजुरेलको प्यानल विजयी भएको छ । गजुरेलले ५ सय ७७ मत ल्यानु भएको छ भने उहाका प्रतिद्धन्द्धी अशोक तामाङले ३ सय ८२ मत ल्याउनु भएको छ । सदस्यहरुमा सीता तामाङले ६ सय १७, कोपिला मिजारले ५ सय ९७, विक्रम गुरुङले ५ सय ९५ र सर्वजीत तामाङले ५ सय ६५ मत ल्याएर विजयी हुनु भएको छ । दुप्चेश्वर गाउपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसका सुनबहादुर तामाङको प्यानल विजयी भएको छ । तामाङले ३ सय ८८ मत ल्याएर विजयी हुनु भएको छ। उहाका नजिकका प्रतिद्धन्द्धी कर्मजीत तामाङले २ सय ३ मत ल्याउनु भएको छ । सदस्यहरुमा सीतामाया तामाङ २ सय ८२ मत, मानवीर तामाङ ३ सय ६७ मत, नामसाङ तामाङले घ सय ७९ मत ल्याएर विजयी हुनु भएको हो । यस्तै, दुप्चेश्वर गाउँपालिकाकै वडा नं. २ मा नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार दाबा तामाङको प्यानल विजयी भएको छ । दाबाले ५ सय ५१ मत ल्याएर विजयी हुनु भएको हो भने उहाका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रोजलाल मोक्तानले ४ सय ७२ मत ल्याउनु भएको छ । सदस्यहरुमा सुनमाया तामाङले ५ सय २१ पार्वती विक ५ सय ४४, भगवान तामाङले ५ सय र बाम्दल तामाङले ५ सय ११ मत ल्याएर विजयी हुनु भएको छ । यस्तै, लिखु गाउपालिका वडा नं. १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका नरहरी पाण्डेले ७ सय १७ मत ल्याएर विजयी हुनु भएको छ । उहाका प्रतिद्धन्द्धी नेकपा एमालेका इबकुमार ढकालले ५ सय २ मत ल्याउनु भएको छ । सदस्यहरुमा नेकपा एमालेका इन्दिरा लोहनीले ६ सय ७ मत, एमालेकै सिर्जना बागदासले ६ सय ४५ मत, एमालेकै ठाकुरप्रसाद लामिछानेले ६ सय २२ मत र नेपाली कांग्रेसका सुन्दर श्रेष्ठले ६ सय ४५ मत ल्याएर विजयी हुनु भएको छ। शिवपुरी गाउपालिकाको वडा नं. १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका महेन्द्रराज खत्रीले ४ सय ४५ मत ल्याएर विजयी हुनु भएको छ । उहाका प्रतिद्धँन्द्धी नेकपा एमालेका लालबहादुर तामाङले ३ सय ३ मत ल्याउनु भएको छ । सदस्यहरुमा नेपाली कांग्रेसका रन्जु खत्रीले ४ सय २२, कल्पना नेपालीले ४ सय ३०? बमबहादुर मोक्तानले ४ सय ६१ र नेकपा एमालेमा रेशमबहादुर गुरुङले ३ सय ८८ मत ल्याएर विजयी हुनु भएको छ । शिवपुरी गाउपालिकाको वडा नं. २ को वडा अध्यक्षमा नेपाली कांग्रेसका रुद्रबहादुर गुरुङले ३ सय ३३ मत ल्याएर विजयी हुनु भएको छ । सदस्यहरुमा नेपाली कांग्रेसका अप्सरा थापाले ३ सय ४० मत, सुनमाया विकले ३ सय ३५ मत, खिलबहादुर श्रेष्ठले ३ सय ५७ मत र भीमबहादुर तामाङले ३ सय २७ मत ल्याएर विजयी हुनु भएको छ । यस्तै, सूर्यगढी गाउपालिकाको वडा नं. १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षका उम्मेदवार इमानसिंह तामाङले ७ सय १७ मत ल्याएर विजयी हुनु भएको हो । उहाका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका सिंहबहादुर तामाङले ४ सय ७ मत ल्याउनु भएको छ । सदस्यहरुमा नेािली कांग्रेसका विममाया तामाङले ६ सय ७ मत, सुकमाया लोहारले ७ सय १२ मत, राजकुमार तामाङले ७ सय मत र जीतमान लंगुरले ७ सय १ १ मत ल्याएर विजयी हुनु भएको हो । विदुर नगरपालिका वडा नं. १ मा नेकपा एमालेका लेनिन रन्जित विजयी हुनु भएको छ । वडाअध्यक्ष सहित ४ पदमा एमाले र एक पदम कांग्रेस विजयी भएको हो ।
यस्तै, विदुर नगरपालिमा वडा नं. २ को वडा अध्यक्षमा ७ सय १५ मत ल्याएर विरेन्द्रकुमार शाही विजयी हुनु भएको छ। उहाका प्रतिद्धन्द्धी बालमुकुन्द नेपालले ६ सय १६ मत ल्याउनु भएको छ । सदस्यहरु चारै जना नेकपा एमाले विजयी भएको छ ।