३ जेठ, काठमाडौं । स्थानीय तहको पहिलो चरणको चुनावमा पछिल्लो परिणाम अनुसार नेकपा एमाले पहिलो स्थानमा छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा छ ।दिउँसो साढे ३ बजेसम्मको नतिजा अनुसार एमाले ३७ र कांग्रेस ३५ स्थानमा विजयी भएका छन् । कांग्रेस विजयी भएका स्थान यसप्रकार छन्:
हुम्लाको सिमकोट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका पदम लामा र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार वली रावत विजयी भएका छन् ।जुम्लाका पातारासी, सिन्जा र कनकासुन्दरी गाउँपालिकामा कांग्रेस विजयी भएको छ । पातारासीमा लक्ष्मण बोहोरा, सिन्जामा देवलसिंह रावल र कनकासुन्दरीमा नरविर रावत विजयी भएका छन् ।जाजरकोटका बारेकोट र कुशे गाउँपालिका कांग्रेस विजयी भएको छ । बारेकोटको अध्यक्षमा कांग्रेसका महेन्द्रबहादुर शाह र उपाध्यक्षमा माओवादीकी उमा शाही विजयी भएका हुन् । यसैगरी कुशे गाउँपालिकाको अध्यक्षमा हरिचन्द्र बस्नेत र उपाध्यक्षमा रामछाया शाही विजयी भएका छन् ।
दैलेखको डुंगेश्वर गाउँपालिका अध्यक्ष कांग्रेसले जितेको छ । अध्यक्ष पदमा नगेन्द्रबहादुर मल्ल र उपाध्यक्षमा एमालेकी कलावती न्यौपाने विजयी भए ।
सुर्खेतको चिङ्गाड गाउँपालिकाको अध्यक्षमा कांग्रेसका देवबहादुर चन्द र उपाध्यक्षमा मनमाया आचार्य विजयी भएका छन् ।सल्यानको त्रिवेणी गाउँपालिकाको अध्यक्षमा मानबहादुर डाँगी र उपाध्यक्षमा करुणा गिरी विजयी भएका छन् ।बाग्लुङको गलकोट, तमानखोला र निसीखोला गाउँपालिकाको नतिजा पनि कांग्रेसको पक्षमा गएको छ । गलकोटको अध्यक्षमा भरत शर्मा गैरे र उपाध्यक्षमा रेणु काउचा विजयी भएका छन् । तमानखोलाको अध्यक्षमा जोकलाल बुढा र उपाध्यक्षमा मानसरी शेरचन विजयी भएका छन् । निसीखोलाको अध्यक्षमा तारानाथ पौडेल निर्वाचित भए ।पर्वतको पैंयुँ गाउँपालिकाको अध्यक्षमा खगेन्द्र तिवारी र उपाध्यक्षमा जसमती गुरुङ निर्वाचित भएका छन् ।मुस्ताङको थासाङ, लोमान्थाङ र बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा कांग्रेस विजयी भएको छ । थासाङ गाउँपालिकाको अध्यक्षमा बुद्धि शेरचन र उपाध्यक्षमा बालकुमारी शेरचन तथा लोमान्थाङको अध्यक्षमा सुवर्णकुमार विष्ट र पेमाडोल्मा विष्ट विजयी भएका छन् । बाह्रगाउँ मुक्तिक्षेत्रको अध्यक्षमा कांग्रेसका फेन्चोक छेप्तेन गुरुङ र उपाध्यक्षमा एमालेकी ढिकी गुरुङ विजयी भएका छन् ।मनाङको नार्फु र नाशोङ गाउँपालिकामा कांग्रेस विजयी भएको छ । नार्फुको अध्यक्षमामिङमा छिरिङ लामा निर्विरोध निर्वाचित भएका थिए भने नाशोङको अध्यक्षमा चन्द्र घले र उपाध्यक्षमा कोमलमाया गुरुङ विजयी भए ।सिन्धुलीका घ्याङखोला र गोलन्जोर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।गोरखाको चुमनुव्री गाउँपालिकाको अध्यक्षमा कांग्रेसका धनबहादुर गुरुङ र उपाध्यक्षमा माओवादीकी कुमारी गुरुङ विजयी भएका छन् । यस्तै, गोरखाकै गण्डकी गाउँपालिका प्रमुखमा कांग्रेसका होमबहादुर राना निर्वाचित भएका छन् ।कास्कीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका युवराज कुँवर र उपाध्यक्षमा एमालेकी सगुन गुरुङ विजयी भएका छन् ।लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा कांग्रेसका रमेशकुमार पाण्डे उपमेयरमा एमालेका राजकुमार श्रेष्ठ विजयी भएका छन् ।नवलपरासीका चार स्थानीय तह कांग्रेसले जितेको छ । नवलपरासीका बुलिङटार, बुङ्दीकाली, हुप्सेकोट र विनयीमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।बुलिङटारको अध्यक्षमा शशि बस्ताकोटी र उपाध्यक्षमा मैना विक विजयी भएका छन् । बुङ्दीकालीको अध्यक्षमा दुर्गाबहादुर राना र उपाध्यक्षमा एमालेकी डिलकुमारी सारुमगर विजयी भएका छन् । हुप्सेकोटको अध्यक्षमा लक्ष्मी पाण्डे र उपाध्यक्षमा एमालेको कोपिला मल्ल विजयी भएका छन् ।यसैगरी, विनयी-त्रिवेणी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका डम्मर जिसी र उपाध्यक्षमा कांग्रेसकै मीना राना विजयी भएका छन् ।रसुवाको उत्तरगया र नौकुण्ड गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । उत्तरगयाको अध्यक्षमा उपेन्द्रराज लम्साल र उपाध्यक्षमा चमेली गुरुङ तथा नौकुण्डको अध्यक्षमा कांग्रेसका नुर्पुसाङ्गो तामाङ र उपाध्यक्षमा एमालेकी सिर्जना लामा विजयी भएका हुन् ।नुवाकोटको किस्पाङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका छत्र लामा विजयी भएका हुन् । तादी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पनि कांग्रेसकै पोल्टामा परेको छ । तादीको अध्यक्षमा नारायणप्रसाद पाण्डे र उपाध्यक्षमा ईश्वरी उप्रेती विजयी भएका हुन् ।यस्तै, काभ्रेको बेथानचोक गाउँपालिका र तेमाल गाउँपालिकाको प्रमुख र उपप्रमुखमा पनि कांग्रेसका उम्मेदवारले बाजी मारेको छ । बेथानचोकको अध्यक्षमा कांग्रेसका प्रेमबहादुर तिमल्सिना र उपाध्यक्षमा सरिता लामिछाने तामाङ विजयी भएका छन् । यस्तै, तेमाल गाउँपालिकाको प्रमुखमा कांग्रेसका सलामसिंह लामा र उपप्रमुखमा दुर्गामाया तामाङ विजयी भएका छन् ।दोलखाको वैतेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका छवि लामा निर्वाचित भएका छन् ।सिन्धुलीको घ्याङलेख र गोलन्जोर गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । घ्याङलेखको अध्यक्षमा जगतबहादुर भोलन र उपाध्यक्षमा दुर्गादेवी सुनार तथा गोलन्जोरको अध्यक्षमा पुष्प कार्की तथा उपाध्यक्षमा गंगादेवी श्रेष्ठ विजयी भएका छन् ।