कपिलवस्तु, जेठ ४ – कपिलवस्तुको चन्दौटामा रहेको रेडियो समानताको भवनमा अज्ञात समुहले आक्रमण गरेका छन् । जिल्लाको पश्चिमि क्षेत्रमा रहेको दिब्यज्योति नेपाल द्वारा संचालित सामुदायिक रेडियो समानता आक्रमणमा परेको रातोपाटी सम्बाददाताले बताएका छन् । राति करिव ९ः३० बजेको समयमा भवनमा आक्रमण गर्दा अगाडिको सिसा फुटेको छ । आक्रमणबाट रेडियोको स्टोरमा पनि क्षति भएको छ । आक्रमण कसले र किन गर्यो भन्ने कुरा पुष्टि नभएको स्टेसन म्यानेजर किष्ण थापाले बताए ।