१२ जेठ,जनकपुर । जनकपुरलाई महानगरपालिका बनाउन माग गर्दै नेकपा एमालेले शुक्रवार जनकपुरमा प्रदर्शन गरेको छ ।एमाले धनुषा जिल्ला कमिटीको आह्वानमा जनकपुरलाई महानगर बनाउन माग गर्दै जुलुस प्रदर्शन भएको हो ।जुलुसको नेतृत्व केन्द्रीय सदस्य जुलीकुमारी महतो,जिल्ला अध्यक्ष राजकिशोर यादव लगायलते गरेका थिए ।एमालेले रघुनाथपुपरलाई गाउँपालिकानै कायम गर्न भनी स्थानीय जनताले गरेको मागमा ऐक्यबद्धता प्रकट गरेको प्रदर्शनपछि युवा संघका सचिवालय सदस्य सन्जिकुमार झाले बताए ।रघुनाथपुरलाई कांग्रेसको अनुकुलताका लागि तोडफोड गरिएको भन्दै त्यहाँ आन्दोलन भइरहेको छ ।
एमालेले स्थानीय तह बढाउन आवश्यक नरहेको र बढाउनेनै हो भने जनकपुरलाई उपमहानगरपालिका बनाउनुपर्ने माग राखेको उनले बताए ।प्रदर्शनपछि आयोजित सभालाई एमाले नेताहरु श्रीप्रसाद साह,जुलीकुमारी महतो,राजकिशोर यादव लगायतले सम्बोधन गरेका थिए । एमालेले प्रमुख जिल्ला अधिकारी मार्फत जनकपुरलाई महानगर बनाउन सरकार समक्ष ज्ञापनपत्र समेत बुझाएको छ ।