झापा । दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि झापाको अर्जुनधारा नगरपालिका वडा नंं. ७ मा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका रमेश त्रिखत्रीमाथि कुटपिट भएको छ। उनलाई पूर्वएमाले कार्यकर्ता एवम् स्थानीय अर्जुनधारा माविका शिक्षक भोला पौडेलले कुटपिट गरेकाहुन् ।शनिबार भोट माग्न पौडेलको घरमा जाँदा त्रिखत्रीमाथि कुटपिट भएको एमालेले जनाएको छ । साथै, वडा सदस्यका उम्मेदवार कमल निरौलामाथि पनि दुव्र्यवहार गरिएको एमाले कार्यकर्ताले जनाएका छन् ।कुटपिटपछि प्रहरी चौकी शनिश्चरेले पौडेललाई नियन्त्रणमालिएको थियो । लगत्तै एमालेका जिल्ला कमिटी सदस्य भोला परियार, क्षेत्रीय सचिव पुण्य सुवेदी, नगर अध्यक्ष प्रेमसागर सापकोटासहितकोछलफलले समझदारीमा यो विवाद सामधानगरिएको छ । छलफलमा सहभागी एक नेताका अनुसार पौडेललाई पार्टीमा पूर्ववत् जिम्मेवारीमा फर्काइएको छ भने आइतबार उनकै घरमा निर्वाचन प्रचारप्रसार सुरु गर्ने तयारी गरिएको छ ।