२६ जेठ, बागलुङ । मंगलवार साँझ कालीगण्डकी नदीमा हाम फाली वेपत्ता भएका सुनिल पुनको घट्ना रहस्यमय बनेको छ ।
घट्नाको विषयलाई लिएर पुनका आफन्तहरुले ‘सुनिल पुन संघर्ष समिति’ नै बनाएर २ दिनदेखि बागलुङ बन्द गराएका छन् । बन्दले बागलुङ बजार पूर्ण रुपमा प्रभावित बनेको छ ।नदीमा बेपत्ता भएका पुनलाई सशस्त्र प्रहरीको गोताखोरको टोलिले खोजिकार्य जारी राखेको छ ।मंगलवार साँझ बागलुङदेखि कुश्मातर्फ गइरहेको ध १ ज ४१४ नं. को ट्याक्सीलाई मालढुङ्गामा चेक जाँच गर्ने क्रममा ट्याक्सीको गियर लिभरमा लुकाएर राखिएको डाईजेपान, नुफिर्न, फेनार्गन, सिरिन्ज, निर्टापेम ट्यावलेट भेटिएपछि काठेखोला गाउँपालिका वडा नं. ८ घर भई बानपा ३ देउराली चोक बस्ने १९ वर्षे सुनिल पुन, २८ वर्षीय दिपेन्द्र भरत भन्ने दिपेन्द्र कार्की र ट्याक्सी चालक हेटौँडाका २४ वर्षीय भिमसेन लामालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।प्रहरीको नियन्त्रणबाट भागेका पुन कालीगण्डकी नदीमा हाम फालेपछि वेपत्ता भएका थिए । तर, यसको बारेमा तत्काल आफूलाई जानकारी नभएको बागलुङका प्रहरी नायव उपरीक्षक अनिल खड्काले बताए ।पुनका आफन्तहरुले भने सुनिललाईर् प्रहरीले नै बेपत्ता बनाएको आरोप लगाउँदै आएका छन् ।कालीगण्डकी नदिमा हाम फालेका सुनिल नदिबाट बाहिरिन खोज्दा पुनः घेराउ गरी ढुङ्गा प्रहार गरेको आरोप परिवार र आफन्तले लगाएका छन् ।पुनको अवस्था थाहा नभएसम्म बन्द फिर्ता नहुँने बताए ।