नेपालगन्ज/असार ४, २०७४- बाँकेको बैजनाथमा एमाले र माओवादी केन्द्रबीच झडप भएको छ । एमालेको सभा नजिकै आएर माओवादीले माइकिङ गरेपछि झडप भएको हो । प्रहरीले सांसद दलबहादुर सुनारलाई लछारपछार पारेको एमालेको आरोप छ । कार्यक्रममा गायक बद्रि पंगेनीले गीत गाएका थिए ।