६ असार, बुटवल । रुपन्देहीमा मेयरका उम्मेदवार सहित २३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । ८ सय ७ खुल्ला पदका लागि ४ हजार ४ सय ४५ जनाको उम्मेदवारी परेकोमा २३ जनाले फिर्ता लिएका हुन् ।तिलोत्तमा नगरपालिकाका स्वतन्त्रको तर्फवाट मेयर पदमा उम्मेदवारी दिएका कांग्रेसका गणेश पाठकले पनि उम्मेबारी फिर्ता लिएका हुन् । त्यस्तै उपमेयर महाशर्मा न्यौपाने, वडा नम्बर ७ का अध्यक्षका उम्मेदवार निरबहादुर खडका र वडा नम्बर १३ का अध्यक्षका उम्मेदवार धनलाल अधिकारीले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत नेत्र भुसालले बताए ।बुटवल उपमहानगरपालिकावाट एक उप मेयरसहित ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नगरमा स्वतन्त्रवाट उपमेयरमा उम्मेदवारी दिएका हुमनाथ न्यौपाने, वडा नम्बर २ वाट स्वतन्त्रका अध्यक्ष महेन्द्र राज भण्डारी, वडा नम्बर ६ का राप्रपावाट सदस्यका उम्मेदवार सुरज गुरुङ, वडा नम्बर ९ का वडा अध्यक्ष उम्मेदवार नारायण खनाल र वडा नम्बर १७ का नयाँ शक्तिवाट सदस्यका उम्मेदवार केशव गैरेले उम्मेदवारी फिर्ता लिनु भएको निर्वाचन अधिकृत भरतमणि पाण्डेले बताए ।त्यस्तै देवदह नगर पालिकामा राजमोवाट उपमेयरमा उम्मेदवारी दिएकी धनकुमारी थापाले उम्मेदवारी फिर्ता लिएकी छन् ।सिद्धार्थ नगर पालिका वडा नम्बर ६ की संघीय समाजवादीकी सदस्य अनुपमा हरिजन, वडा नम्बर ९ का रवि गुप्ता, वडा नम्बर २ का अध्यक्ष सन्जिव गुरुङ, ४ का वडा अध्यक्ष नन्दलाल यादव र वडा सदस्य सनवार अलि तेलीले उम्मेदवारी फिर्ता लिएका छन् ।त्यस्तै सैनामैना नगरपालिकामा राप्रपाका वडा नम्बर ४ का सदस्य लिलबहादुर थारु, वडा नम्बर ११ का अध्यक्षका उम्मेदवार सन्जित मल्ल ठकुरी र वडा नम्बर ८ का स्वतन्त्रका अध्यक्षका उम्मेदवार घनश्याम पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् ।
सियारी गाउँपालिकावाट १, समरिमाईमा २, कंचन मा १ र होम सतिया १ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।