२२ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले नेपालले विजुली बेच्ने दिन छिट्टै आउने बताएका छन् । उनका अनुसार तामाकोशी जलविद्युत आयोजना बनेपछि वर्षमा ६ महिना विजुली बेच्नुपर्छ
मंगलबार पत्रकार सम्मेलन गरेर घिमिङले विद्युतको डिमाण्ड (माग) बढाउनु पर्ने बताएका छन् । प्राधिकरण अब निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्न र काठमाडौंका ट्रान्सर्फमर अपग्रेडिङमा लाग्ने बताएका छन् । उनका अनुसार अहिलेका काठमाडौंका ट्रान्सर्फमर ४०० मेगावाट क्षमताका छन्, अब यसलाई अपग्रेड गरेर १००० मेगावाट बनाउने योजना छ ।
आर्थिक वर्षको अन्त्यतिर चमेलिया र कुलेखानी तेस्रो सञ्चालनमा आउने उनले बताए । भारतबाट हुने आयातलाई क्रमश घटाइने भन्दै प्राधिकरण प्रमुख घिसिङले अघि भने, ‘तामाकोशी बनेपछि त वर्षमा ६ महिना विजुली बेच्नुपर्छ ।’
४५६ मेगावाट क्षमताको तामोकाशी जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । २०७५ मंसिरमा पहिलो युनिट सञ्चालनमा ल्याउने योजना छ ।