मोरङ, २० असोज । मोरङ जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको २० जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दर हरैचा नगरपालिका–६ बस्ने चन्द्र प्रसाद भट्टराईको घरमा तास खेली रहेको अवस्थामा नगद ४५ हजार रुपैयाँ र १ बुक तास सहित १३जनालाई प्रहरीले बिहरीबार नियन्त्रणमा लिएको थियो । यसैगरी, विराटनगर महानगरपालिका–८बअशोक चोक बस्ने सिद्धि बहादुरश्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा नगद २८ हजार २ सय ४५ रुपैयाँ र १० बुक तास सहित ७ जनालाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ ।