नरेन्द्र साह,रौतहट कार्तिक २७ । देश नै चुनावी माहौलमा होमिएको बेला रौतहटको राजनितिक सरगर्मि पनि तिब्रताका साथ अघि बढेको छ । सबै दलका उम्मेदवार, नेता, कार्यकर्ता, आफ्नो क्षेत्रमा भोट माग्न ब्यस्त छन् । यस क्रममा रौतहटको क्षेत्र नं.१
मा बाम गठबन्धनबाट प्रदेश सभाका उम्मेदवार भिखारी यादव आफ्नो क्षेत्रमा अहोरात्र खटेर भोट माग्न र जनतालाई आकर्षित पार्न
प्रभावकारी ढंगबाट अघि बढेको देखिन्छन् । बितेको स्थानीय चुनावमा गौर नगरपालिकाको मेयर उम्मेदवार एवं प्रभावशाली नेता शम्भु शाहलाई साथ लिएर दिन रात एक गरी चुनावी अभियानमा लागेका यादवको पक्षमा राम्रो मत आउने देखिएको छ । मेयर उम्मेदवार शाहसँग भएको भोट ब्यालेन्स र आफ्नो जातिय देखि लिएर माओवादि, एमाले समर्थकले दिने भोट मिलाउँदा यादव नै विजय हुने
स्थानीय बुद्धिजिविहरुले आकलन गर्न थालेका छन् । राजदेवी नगरपालिकाबाट मेयरको उम्मेदवार समेत रहि झिनो मतले पराजित यादवको बानि व्यहोरा र कार्यकर्तासँग गर्ने व्यवहार पनि उहाँको जितको आधार रहेको छ । स्थानीय चुनावका डाटा अनुसार क्षेत्र नं.१ मा बाम गठबन्धनका मत अग्र स्थानमा रहेको कारण पनि यादव कै जित्ने सम्भावना रहेको देखिन्छ । उहाँले उम्मेदवारी दिनु भएका क्षेत्र नं.१ को क मा पर्ने गौर नगरपालिकाको वार्ड नं.४ टिकुलियामा बितेको रात घर दैलो गर्न गएका यादवलाई नै जिताउने भनेर टिकुलियावासिले नारा लगाएका थिए । वार्ड नं.४ एमालेका तर्फबाट विजय भएका भुनेश्वर साहीको वार्ड हो । पछिल्लो समय एमालेका पार्टी कमजोर भएको यस क्षेत्रका यूवा नेता शाहको प्रवेशले पार्टीको स्थिति बलियो देखिन्छ । चुनावमा शाह सँग रहेको भोट पनि निर्णायक भोट हुने देखिएको छ ।