हरिप्रसाद भुसाल बैशाख २, अर्घाखाँची
बैशाख ३१ गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले आइतबारबाट अर्घाखाँची जिल्लामा प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
जिल्ला सदरमुकाम सन्धिखर्कमा कार्यालय स्थापना भएको हो । प्रमुख निर्वाचन अधिकृत समेत रहेका जिल्ःला अदालतका न्यायाधिश केशव प्रसाद बास्तोलाले आज सन्धिखर्क नगरपालिकाको भवनमा कार्यालय उद्घाटन गरेका हुन् ।
कायर्यालय उद्घाटन गर्दै बास्तोलाले यही बैशाख १२ गतेभित्र जिल्लाका सवै नगरपालिका तथा गाउँपालिकाहरुमा निर्वाचन कार्यालय स्थापना गर्ने जानकारी समेत दिएका थिए ।
उद्घाटन कार्यक्रममा बास्तोलाले नमूना मतपत्रमा मतदान गर्ने तरीकाको विषयमा समेत उपस्थितहरुलाई जानकारी गराएका थिए । देशका विभिन्न् जिल्लाहरुमा कार्यालय स्थापनमा अवरोध भइरहँदा अर्घाखाँची जिल्लामा भने शान्तिपूर्ण रुपमा नै कार्यालयको उद्घाटन गरिएको हो ।