बैशाख ३१,तनहुँ, जिल्लाको ऋषिङ गाउँपालिका ४ भिरकोट स्थिति मतदान केन्द्रमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप भएपछि मतदान अबरुद्ध भएको छ ।नेपाली कांग्रेसले सवारी साधनको दुरुपयोग गर्दे मतदाता ओसारपसार गरेको भन्दै एमाले कार्यकर्ताले मतदान केन्द्रमा अवरोध गरेका हुन्। कांग्रेसले कार्यकर्ता ओसारपसार गरेको आरोप एमाले कार्यकर्ताले लगाएपछि दुई पार्टीबीच विवाद हुँदा मतदान हुन नसकेको हो। कांग्रेसले भने निर्वाचन आयोगसँग अनुमति लिएर अशक्तलाई सवारी साधनमा मतदान केन्द्रमा पुर्याएको बताएको छ। कांग्रेस गाउँपालिका अध्यक्ष राजिन्द्र कृष्ण श्रेष्ठले आयोगको अनुमतिमा अशक्तलाई मात्र सवारी साधनमा ल्याइएको बताए। उक्त केन्द्रमा मतदान सञ्चालन गर्न दुई पक्षबीच वार्ता भैरहेको प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिए।