ताप्लेजुङ, जेठ ११ – गत वर्ष गएको बाढीपहिरोका पीडीतहरुलाई वितरण गर्न राहत स्वरुप दाताहरुले दिएको चामल गोदाममा कुहिएको छ । पीडितलाई वितरण गर्न भनेर दिएको १६ क्वीटल चालमा गोदाममा नै कुहिएको हो । नेपाल खाध्य संस्थाका प्रमुख ललितकुमार यादवले गोदाम राहत चामल रहेको र त्यो चामल कुहिसकेको बताउनुभयो । दैवी प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले आफू पछाडि आएकोले यसबारे जानकारी नभएको बताउनुभयो ।