सिरहा, जेठ २६–सिरहाको गोलबजार नगरपलिका १ मा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । गोलबजार नगरपलिका १ बलडाँडा बस्ने देव नारायण मोचीका १५ बर्षिय छोरा देवलाल रामलेलाई बिहीबार बेलुका घरमा टिभीको तार जोड्ने क्रममा अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाइते देवलाललाई उपचारको लागि लहानस्थित राउ अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कर्यालय गोलबजारले जनाएको छ ।