४ असार, नवलपरासी । राष्ट्रिय जनता पार्टी (राजपा) का नवलपरासीका संयोजकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आइतबार राजपाका जिल्ला संयोजक पुरण चौधरीसहित अन्य २ जना कार्यकर्ता पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी उदय रानाले जानकारी दिए । यही असार १४ गते हुने स्थानीय चुनावको बिरोधमा शनिबार नवलपरासमिा आयोजना गरिएको कार्यक्रममा तोडफोडमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले शनिबार नै राजपाका १९ जना कार्यकर्ताहरु पक्राउ गरेको थियो । शनिबार भएको झडपमा घाइते राजपाका कार्यकर्ता बिरोध कार्यक्रममा राजपाका कार्यकर्ताहरु तोडफोडमा उत्रिएपछि शनिबार प्रहरीसंग झडपसमेत भएको थियो ।