राजपा नेतृत्वको संघीय गठबन्धन सफल रहेको
१. आज मिति २०७४ असार ४ गतेको लागी निर्वाचन आयोगद्वारा निर्धारीत गरिएको उम्मेदवार मनोनयन दर्ताको कार्यक्रम भएपनि तराई–मधेशका जिल्लाहरुमा हिजो मिति २०७४ असार ३ गते बेलुकानै गोप्य रुपमा नामांकन पत्र निर्वाचन आयोगका कर्मचारीहरुद्वारा बुझि दर्ता गर्ने काम गरेको तथ्य खुल्न आएको छ । यसवाट निर्वाचन आयोगको विभेदकारी नीति एवं निर्वाचन कार्यक्रमको विश्वसनियताको उपहास भएको छ । हालसम्म सैंकडों मतदाता एवं प्रदर्शनकारीहरुलाई थुनामा राखी निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यक्रम संचालित गनुर्, लोकतन्त्रको आस्था एवं विश्वास माथी ठुलो आघात हो । राजपा नेपाल, निर्वाचन आयोग एवं सरकारको यस अलोकतान्त्रिक कदमको घोर विरोध एवं भत्सर्ना गर्दछ ।
विभिन्न जिल्लाहरुमा हालसम्म गिरफ्तार गरिएका तथा आन्दोलनको क्रममा प्रहरीको बर्बर आक्रमणमा परी घाइते भएका राजपा नेपालका नेता तथा कार्यकर्ताहरुको अवस्था यस प्रकार रहेको छ ः
१) कैलाली जिल्लाको धनगढीमा सरिता चौधरी एवं थोनीराम चौधरी सहितका राजपाका नेताहरुलाई गिरफ्तार गरिएको छ ।
२) कंचनपुर जिल्लाका विभिन्न गाँउपालिका एवं नगरपालिकाहरुमा विरोध प्रदर्शनको कार्यक्रम जारी रहेको छ ।
३) बर्दियाको गुलरियामा राजपा नेपालको जिल्ला अध्यक्ष मण्डलको सदस्य श्री सुरेश शुक्ला, किर्तिनाथ यादव, धनेश यादव जिल्ला संयोजक केशव यादव केन्द्रीय सदस्यलाई हिजो देखिनै गिरफ्तार गरि राखिएको ।
४) बाँके जिल्लाको नेपालगंजमा राजपा नेपालका जिल्ला अध्यक्ष मंडलका जिल्ला अध्यक्षहरु केशव राम वर्मा, लक्ष्मी नाराण वर्मा र फुल चन्द्र तिवारी सहित २० जना नेता एवं कार्यकर्ताहरुलाई हिजो देखिनै गिरफ्तार गरिएको छ ।
५) कपिलवस्तुको तौलिहवा, चन्द्रौटा एवं कृष्णानगर सहितको ठाँउमा बन्द रहेको र कपिलवस्तु जिल्ला कमिटिका अध्यक्ष मंडलका अध्यक्षहरु श्रीकालीपद शर्मा, रविदत्त मिश्र, अमृता अग्रहरी, रविन्द्रनाथ मिश्र, सन्तराम गुप्ता, बलराम तिवारी, राहुल सिंह सहित ११ जना नेताहरुलाई गिरफ्तार गरी राखिएको ।
६) रुपन्देहीको भैरहवा, मर्चवार, पर्सा लगायतको ठाँउमा विरोध एवं बन्दको कार्यक्रम जारी रहेको समाचार प्राप्त भएको छ ।
७) नवलपरासीमा हिजो राजपाद्वारा आयोजित आमसभामा प्रहरीद्वारा गरिएको बर्बर आक्रमणले गर्दा प्रहरीको गोलीले घाइते भएको आन्दोलनकारीहरुको अवस्था स्थिर रहेको र पार्टीद्वारा निर्धा्रित आजको कार्यक्रमलाई प्रभावित गर्नका लागी हालसम्म ३० जना नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको छ ।
८) सुनसरीमा हालसम्म जिल्ला संयोजक डा. सि.एन पाठक, केन्द्रीय प्रवक्ता सन्तोष मेहता सहित ११ जनालाई गिरफ्तार गरिएको छ ।
९) मोरङ्गमा हाल सम्म जिल्ला संयोजक मो. कादिर, सत्यनारायण साह केन्द्रीय सदस्य लगायत १४ जनालाई गिरफ्तार गरिएको छ ।
१०) सिरहामा राजपा नेपालका ८ जना नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको छ ।
११) धनुषाको जनकपुरमा प्रहरीको लाठी चार्जमा जिल्ला संयोजक परमेश्वर साह, संजय सिंह, प्रमोद यादव केन्द्रीय सहमहामन्त्री सुरिता साह, केन्द्रीय सदस्य रिता झा, बिन्दु ठाकुर, विभा ठाकुर, पुनम झा, चन्दा ठाकुर, लगायत दर्जनौ नेताहरु घाइते भएको र ५० जना भन्दा बढी नेता कार्यकर्ताहरु गिरफ्तार गरिएको छ । साथै घाइतेहरु मध्ये रिता झाको अवस्था अति गम्भीर भई अस्पतालमा भर्ना गरिएको छ ।
१२) पर्सा, वारा, रौतहट, सर्लाही, महोत्तरी लगायतका जिल्लाहरुमा बन्द एवं आम हडतालको कार्यक्रम हालसम्म शान्तीपूर्ण रुपमा जारी रहेको छ ।
१३) हालसम्म मोरङ्ग, सुनसरी, धनुषा, नवलपरासी, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली सहितका जिल्लाहरुमा ४५८ जना आन्दोलनकारीहरुलाई गिरफ्तार गरिएको छ ।