आदरणिय अध्यक्ष ज्यूहरु, सर्वप्रथम नव वर्ष २०७४ सालको पावन अवसरमा सम्पूर्ण उद्योगी, व्यवसायी लगायत समस्त नेपाली आमावुवा, दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । प्रस्तुत विषयमा वि.सं. २०५३ साल देखी यस अर्घाखाँची उद्योग वाणिज्य संघमा आबद्ध रहि हालसम्म क्रियाशिल रहनुभएका यस संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य श्री कृष्ण प्रसाद श्रेष्ठले उद्योग, व्यापार, पर्यटन, स्वास्थ्य एवं निजी तथा सामाजिक क्षेत्रको विकासका साथसाथै यस संघको संस्थागत विकास तथा प्रगतीमा उल्लेखीय योगदान पु¥याउनु भएको व्यहोरा सम्पूर्णमा जानकारी गराउन चाहान्छौ । यस संघका अध्यक्ष श्री कृष्ण प्रसाद श्रेष्ठ ज्यूले वि.सं. २०५३ साल देखि हालसम्म निरन्तर रुपमा संघको विभिन्न पदमा रही सफलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्दै यथेष्ट अनुभवहरु हासिल गरी सक्नु भएको व्यक्तित्व हुनुहुन्छ । वि.सं. २०५३ सालदेखी २०६१ सालसम्म उपाध्यक्ष पदमा रही संघको संस्थागत विकास र प्रगतीको लागि क्रियाशिल रहदै आउनुभएको छ । वि.सं. २०६१ साल देखी हालसम्म अध्यक्ष पद सम्हाल्दै नेपाल उद्योग वाणिज्य संघको केन्द्रिय सदस्यको रुपमा प्रतिनिधित्व गर्नुभएको छ । हाल राष्ट्रमा उद्योगी व्यवसायीहरुको विद्यमान समसामयीक विषयहरु उपर जोडदार आवाज उठाई सम्पूर्ण उद्योगी व्यवसायीहरुको समस्या समाधानमा आफ्नो तर्फबाट क्रियाशिल रहदै आउनु भएको छ । एक निष्ठावान, क्रियाशिल, कर्मठ एवं लगनशिल तथा सामाजिक व्यक्तित्व भएको हुँदा यस संघको तर्फबाट उहाँलाई आगामि चैत्र २८ र २९ गते सम्पन्न हुन गईरहेको नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारण सभा तथा अधिवेशनमा यस अर्घाखाँची उद्योग वाणिज्य संघ द्धारा जिल्ला÷नगर उद्योग वाणिज्य संघको तर्फबाट खुल्ला केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरिएको जानकारी गराउँदछौ । श्री कृष्ण श्रेष्ठ लाई नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला÷नगर उद्योग वाणिज्य संघको खुल्ला केन्द्रिय सदस्य पदमा निर्वाचित बनाउन सकिएमा जिल्ला÷नगर उद्योग वाणिज्य संघका साथै निजी क्षेत्रको विकास गरी निजी क्षेत्रका समस्याहरु समाधानका लागि उहाँबाट सदा झै सक्रियता हुने कुरामा हामी विश्वस्त रहेका छौं । जिल्ला÷नगर उद्योग वाणिज्य संघ खुल्ला केन्द्रिय सदस्य पदका उम्मेदवार श्री कृष्ण प्रसाद श्रेष्ठ ज्यू लाई आशन्न निर्वाचनमा अत्याधिक मतले विजयी बनाउनमा त्यस संघबाट सक्रिय सहयोग पु¥याउनुहुन अर्घाखाँची उद्योग वाणिज्य संघ हार्दिक अनुरोध गर्दछौ । “एक भोट समृद्ध निजी क्षेत्रका लागि ।” यहाँको सहयोग र समर्थनको पूर्ण अपेक्षा सहित …………………….
अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ