रमेशचन्द्र अधिकारी, धनकुटा/कार्तिक ३०, प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित पार्न सक्ने भन्दै प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) का जिल्ला अध्यक्षसहित पॉच नेता तथा कार्यकर्तालाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला इन्चार्ज आकाश शर्मा भनिने माधव गौतमसहित जिल्ला सदस्य रणकुमार राई, विज्ञान भनिने मोहन ओझा, प्रेम कट्टेल र रञ्जित राईलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी उपरिक्षक सुदिप राजभण्डारीले जानकारी दिए । जिल्ला अध्यक्ष गौतम र सदस्य रणकुमारलाई खाल्सा छिन्ताङ सहिदभूमी गाउ‘पालिकाको साप्तिङटार र ओझालाई हिले, रञ्जितलाई थलथले र कटेललाई पाख्रीबास बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसक्रममा मे३प ११८० नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । निर्वाचन विरोधी गतिविधि गर्दै आएको भन्दै प्रहरीले सो पार्टीका नेता–कार्यकर्तामाथि निगरानी बढाएको छ ।