२० मंसिर, वीरगञ्ज । निर्वाचनको मौन अवधिमा पर्साकोे पोखरिया नगरपालिकाबाट ३ लाख रुपैयाँसहित ३ जना पक्राउ परेका छन् ।
मौन अवधिमा ठूलो परिमाणमा रकम लिएर जाँदै गरेको अवस्थामा बाम गठबन्धनका कार्यकर्ता पक्राउ परेका हुन् ।निर्वाचनलाई लक्षित गर्दै गरिएको चेकजाँचको क्रममा पोखरियामा रहेको एक पेट्रोल पम्प नजिकैबाट एमालेको चुनाव चिन्हमा स्वास्तिक छाप लागेको २ हजार नमुना मतपत्र र नगद ३ लाखसहित उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय, पोखरीयाले जनाएको छ ।स्रोतका अनुसार पक्राउ पर्नेहरुमा अशोक रौनियार, फुलकौलका बासुप्रसाद र बृजेश पटेल रहेका छन् । प्रहरीले भने उनीहरुको परिचय खुलाउन चाहेको छैन । ना १ ह ९३३२ नम्बरको अटो रिक्सामा पोखरिया गइरहेका उनीहरुको साथबाट ३ लाख नगद फेला परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानाकारी दिए ।
थप अनुसन्धान भइरहेको छ ।