धनुषा — प्रदेश २ को उपसभामुखमा उपमाकुमारी देव निर्विरोध निर्वाचित भएकी छन् । प्रदेशसभाको बैठकमा सभामुख सरोजकुमार यादवलले देव निर्वाबिरोध निर्वाचित भएको घोषणा गरेका छन् । संघीय समाजवादी फोरमकी देवको मात्र उम्मेदवारी परेकोले उनलाई उपसभामुखमा निर्वाचित गरिएको सभामुखले जानकारी गराए ।
शुक्रबार बसेको प्रदेशसभाको बैठकले उपसभामुखमा देव निर्विरोध निर्वाचित भएको घोषणा र लालबावु राउतलाई मुख्यमन्त्री नियुक्ति भएको जानकारी प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पठाएको पत्र वाचन गरेका थिए ।