रामएकवाल साह
राैतहट३०,वैशाख
नेपाल पत्रकार महासंघ रौतहट शाखाले स्थापना तथा व्यवस्थापन गरेको “मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार” २०८० बाट राष्ट्रिय समाचार समिति राससका अध्यक्ष धर्मेन्द्र झा पुरस्कृत हुने पत्रकार महासध राैतहट का सचिव मदन ठाकुर द्वारा पत्र जारी भएकाे छ । स्वर्गीय मनोज चौधरीको सम्झनमा वहाँको श्रीमती पुनम चौधरी हाल गरुडा न.पा.का उपमेयर हुन वहाँले श्रीमानकाे समझनामा प्रत्येक वर्ष पत्रकारिका क्षेत्रमा काम गर्नेलाइ दिने पुरस्कार हो। गत वर्ष गरुडा मै एक समारोहमा गरुडाका मेयर कन्थमणी प्रसाद जैसवाल उपमेयर पुनम चौधरी, नेपाल पत्रकार महासघ रौतहटका अध्यक्ष प्रेम चन्द्र झा, गरुडा इलाका प्रहरी कार्यालयका इन्सपेक्टर र समाजसेवी र संचारकर्मीको उपस्तथिमा गोरखापत्रका नायव कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रलाई दोसला ओढाइ नगद र समान सहित पुरस्कृ त गरिएको थियो ।
यस वर्ष पनि पच्चीस हजार रूपैयाँ पुरस्कार राशी रहेको सो पुरस्कार राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झालाई दिइने नेपाल पत्रकार महासंघ राैतहटका अधयक्ष प्रेम चन्द्र झाले जानकारी गराउनु भयो ।
रौतहटबाट प्रसारण हुने रेडियो मधेश मसला १०६.४ मेगाहर्जका स्टेशन म्यानेजर तथा जनकपुर टुडे पत्रिकाका संवाददाता पत्रकार मनोजकुमार चौधरीको कोरोना संक्रमणका कारण ४१ बर्षको अल्पायुमै नारायणी अस्पताल बिरगंजमा उपचारको क्रममा २०७८ बैशाख २८ गते निधन भएको थियो ।
वहाँकाे निधन पश्चात वहाकाे सम्झनामा वहाँ काे श्रीमती पुनम चाैधरीकाे यादगारमा महासंघ रौतहट शाखाले पत्रकार चौधरीको सम्झनामा “मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार”को स्थापना गरेको थियो । यस बर्षको “मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार” आगामी २०८० जेठ २० गते शनिबारका दिन प्रदान गरिने भएकाे छ ।