रौतहट जिल्ला अदालतका जिल्ला न्यायधिश गेहेन्द्र राज पन्तको बिरुद्दमा पिडित परिवारले अदालतको गेटमा चर्को नारावजी गर्दै विरोध प्रदर्शन गरेका छन्। सडकको बिषयमा विवाद हुदा बैशाख दुई गते गोली प्रहार गरि हत्या गरिएका गढ़िमाई नपा ८ धोबीनीया निवासी राज कुमार यादवको हत्यामा भएको थियोे ।हत्यामा संलग्न रहेका किहीआरोपितलाइ आर्थिक प्रलोभनमा शुक्रबार धरौटीमा रिहा गरेको आरोप पिडित परिवारले लगाएको हो। अब न्यायलय माथि पनि विश्वास गर्ने वातावरण नरहेको भन्दै पीडित झन् पीडामा परेको भन्दै विरोध गरेका हुन्। हत्या मुद्दामा पनि धराैटीमा रिहा हुनु कानुनी शासन फितलो भएकाे अनुमान छ।