रौतहट १९ असोज÷ माधव नारायण नगरपालिकाको आठौं नगर अधिवेशन आफ्नै भवनमा शुक्रवार सम्पन भएको छ । नगर प्रमुख बैजनाथ यादबको अध्यक्षतामा भएको नगर अधिवेशनमा नगर प्रमुखले बजेट,नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो । २०८०÷०८१ का लागि अनुमानित वार्षिक बजेट ५३ करोड ३० लाख ४४ हजार ९१ पैसा पेश गर्नु भयो । संघ, प्रदेश तथा स्थानीय सरकारबाट आउने बजेट वित्तिय समानिकरण अनुदान १० करोड ९४ लाख, प्रदेश सरकारबाट वितिय समानिकरण ७८ लाख ७८ हजार र राजश्व बाडफाँटबाट नौ करोड ३८ लाख २१ हजार ८ सय रहेको छ ।
चालु तर्फ १४ करोड ६१ लाख ९३ हजार र पुँजीगत १५ करोड ६९ लाख ५१ हजार ९१ रुपैयाँ २४ पैसा रहेको छ । अनुदान २०८०÷०८१ का लागि १९ करोड ३५ लाख २१ हजार ८ सय चालु तर्फ १८ करोड ६१ लाख पुजीगत तर्फ ८४ लाख मात्र हुने अनुमान गरिएको छ । संघबाट विशेष अनुदान १ करोड समुपर अनुदान १ करोड, प्रदेशबाट तीस लाख समपुर तीन लाख मात्र रहेको छ ।
किसानसंग नगरपालिका नारा दिएर नगर प्रमुखले जनसहभागिताको आधारमा कृषि क्षेत्रमा मल तथा विषादी छिर्ने कामका लागि ड्रोन क्यामेरा उपकरण खरीद गरी न्युन शुल्क र खेतीका लागि औषधी छिर्ने योजना रहेको बताए ।
शिक्षा,स्वास्थ्य क्षेत्रमा जनताको सोच अनुसार योजना रहेको छ । सो नगर अधिवेशनमा उप प्रमुख रीता यादब, प्र.प्र.अ.देवनाथ यादब, नौ वडाका वडा अध्यक्ष,कार्यपालिका सदस्य,वडा सदस्यहरुको उपस्थिती रहेको थियो । सो सभामा नगरपालिका कर्मचारी, शिक्षक, समाजसेवी, संचारकर्मी र प्रहरी प्रशासन समेतको उपस्थितीबाट सभा सम्पन्न भएको नगर प्रमुखले घोषना एवं समापन गर्नुभयो । सो सभामा उदेश्य र सवालहरुको बारेमा व्यक्ताहरुले जवाफ दिनु भयो ।