चैत्र ३० गते, रौतहट, गौर, रामएकवाल साह
सुरक्षित आप्रवासीय (सामी) कार्यक्रम र नेपाल पत्रकार महासंघ रौतहट शाखा संगमा एक दिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गौर नगर सभा हलमा सम्पन्न भएको छ ।
बैदेशिक रोजगारमा जाने युवा युवतीहरुको संख्या बढदै गएको अर्थतन्त्रमा बृद्धि भए तापनि एजेन्टहरुद्धारा ठग्दै गएको संख्यामा कमी छैन । देवाही गोनाही नगरपालिकामा एजेन्टहरुद्धारा तीन जना युवालाई ठगी गरेको नेपालमा यस्ता सैयौको संख्यामा रहेको छ । बैदेशिक रोजगारलाई सुरक्षित मर्यादित एवं शोषण रहित बनाउन नेपाल सरकार र स्वीजरलैण्ड सरकार बीच भएको द्धिपक्षीय सम्झौता १६ सेम्टेम्बर २०१८ विस.२०८१ अषाढ ३१ सम्म रहने सम्झौताले संघीय, प्रदेश र स्थानीय तहमा प्रभावकारी सयन्त्रहरुले महिला, पुरुष विपन्न वर्गका आप्रवासी कामदार तथा परिवारहरुमा आर्थिक बृद्धि हुनेमा सरकार लागेको कार्यक्रम संयोजक विनय कुमार साहले बताए ।
रौतहट जिल्लामा यो कार्यक्रम चन्द्रपुर नगरपालिका, गरुडा नगरपालिका, गढीमाई नगरपालिका, दुर्गा भगवती गाउँपालिका, गौर नगरपालिका १८ करोड, राजदेवी नगरपालिका मध्ये सबभन्दा बढी, गढीमाई नगरपालिकामा लगभग ३२ करोड राजदेवी नगरपालिका १३ करोड भन्दा बढी भित्रिएको तथ्यांक उल्लेख छ । नेपालमा ३९ जिल्लाका १५६ स्थानीय तहमा लागु भई थप ४१० पालिकाहरुमा संचालन हुनेछ ।
नेपालमा ७ लाख ७१ हजार ३२७ जनामा महिला ४९ हजार १२८ जना रहेको छ ।
बैदेशिक रोगजारमा जानु भन्दा पूर्व ३० दिनको तालिम तिर्नुपर्ने अनिवार्य भएतापनि एजेन्टहरुको लह लहैमा विदेशमा जानु पर्ने पछि गएर नक्कली भिसा, जानु भन्दा बढी रकम लिनु पर्ने कम्पनी संग सम्झौता नलिएको ठगी गर्ने गिरोह पनि फस्टाएको छ । दिनुह जिल्ला प्रशासन कार्यालयमा पुगेर सयौ उजुरी परेको कर्मचारी पुजाले बताइन ।
विदेशमा नक्कली भिसामा पनि दर्जनौ देशमा हजारौ जना जेलमा कैदीको रुपमा जिवन विताइरहेको तथ्यांकमा देखाइएको छ । सबभन्दा बढी अरबमा २६० जना र सबभन्दा कम दक्षिण कोरियमा ८ जना रहेका छन् ।
कुनै पनि समस्या परेमा सुरक्षित अप्रवासन हक हित संरक्षणका रौतहट अध्यक्ष एवं मधेश प्रदेश सदस्य हरिनारायण साहले जानकारी गराए ।
हेलभेटास र सामीको सहयोगमा संचालित र चन्द्रपुर नगरपालिका, गरुडा नगरपालिका र दुर्गा भगवतीको सहकार्यमा सुरक्षित र अप्रवासी एक दिने कार्यक्रम रौतहट पत्रकार महासंघका अध्यक्ष प्रेम चन्द्र झाको अध्यक्षमा विशिष्ट अतिथि गौर न.पा.२ का वडा अध्यक्ष विनोद जयसवाल, अतिथि पूजा, कार्यक्रम संयोजक विनय कुमार साह, हकहतका संरक्षक हरिनारायण साह दर्जनौ संचार कर्मीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संचालक ईन्दल सिंहले गर्नु भएको थियो ।