राैतहट, बैशाख २१ । राैतहट जिल्लाकाे बिभिन्न स्थानमा
रहेका अबैध मदिरा उत्पादन गर्ने भट्टीमा
तोडफोड गरेको छ । जिल्लामा अवैध रुपमा मदिरा
भट्टी संचालन गरेको सूचनाको आधारमा
प्रहरीले अवैध मदिरा भट्टी तोडफोड
तथा नियन्त्रण गर्ने प्रहरी परिचालन गरेको
जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिप्रका रौतहटका अनुसार जिल्लाको चन्द्रपुर नगरपालि र
बृन्दावन गाउपालिकाबाट ४ वटा रक्सी
भट्टीबाट दुई हजार एक सय लिटर मदिरा बरामद
गरेको थियो । बैशाख ८ गते प्रहरीले गौर
नगरपालिका र चन्द्रपुर नगरपालिकाबाट ५ वटा
भट्टीमा छापामारेर एक सय ८५ लिटर अबैध घरेलु
मदिरा बरामद गरेको थियो । सोही दिन बिभिन्न
स्थानमा रहेका अबैध मदिरा उत्पादन गर्ने
भट्टीबाट दुई हजार लिटर मदिरा बरामद गरेर नष्ट
गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका
एसपी यज्ञ विनोद पोख्रेलले जानकारी
दिए ।
नयाँ साल २०७४ बैशाख एक गतेबाट परिचालन गरिएको
टोलीले मदिरा भट्टीहरु तोडफोड
गरी मदिरा नष्ट गर्नुको साथै मदिरा बनाउन प्रयोग
गरिने सामानहरु समेत बरामद गरेको प्रहरीले
जनाएको छ । प्रहरीले रौतहट जिल्लाको गौर
नगरपालिका र गजुरा गाउपालिकाबाट दुई हजार लिटर मदिरा
बरामद गरेको र गुजरा गाउपालिकाबाटै ६ हजार ९ सय लिटर
मदिरा बरामद गरेर नष्ट गरेको थियो । त्यस्तै बैशाख ६ गते
गढीमाई, र राजपुर गाउपालिकाबाट ६० लिटर मदिराका
साथै कच्चा पदार्थ तिन सय लिटर बरामद गरेर नष्ट गरेको
प्रहरलिे जनाएको छ ।
बैशाख ११ गते ईलाका प्रहरी कार्यालय
चन्द्रनिगाहपुरले चन्द्रपुर नगरपालिकाका र परोहा
गाउपालिकामा रहेको एक एक वटा भट्टीमा छापामारेर
दुई सय लिटर कच्चा पदार्थ र तिन सय लिटर मदिरा बराद
गरेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय
रौतहटले जनाएको छ । प्रहरीले बिस दिनमा बिस
वटा अबैध घरेलु मदिरा उत्पादन गर्ने भट्टीबाट
चार हजार पाच सय ४५ लिटर मदिरा नष्ट गरेको थियो भने
सात हजार ९ सय ८१ लिटर रक्सी बनाउन
प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको जिल्ला
प्रहरी कार्यालय गौर रौतहटले जनाएको छ । यता
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले
आफ्नो मातहतको एरियामा अबैध मदिरा उत्पादनलाई निर्मुल
पारेको जनाउदै आएको छ । पहिलाको तुलनामा
चन्द्रनिगाहपुरमा मदिरा उत्पादनमा कमि आएको
स्थानीय ब्यापारीहरुले बताएका छन् ।
यति सम्म गरे पनि सदरमुकाम गाैर ८ मा संचालित
भठीहरू अहिले पनि संचानलमा रहेकाे पाइएकाे छ
।