वीरगंज, २४ बैशाख । नेपाल परिवार दल जिल्ला कार्य समिति पर्साले वीरगंजमा चुनावी छलफल तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । वीरगंज उपमहानगरपालिका वडा नं. १९ (हाल वडा नं. १६) नगवामा आयोजित चुनावी छलफल तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी पर्साका अध्यक्ष पलटन कुर्मीले आउदो जेष्ठ ३१ गते हुन लागेको स्थानिय निकायको चुनावमा आफ्नो पार्टीलाई बढि भन्दा बढि मतले जिताउनको लागि स्थानियबासीहरु सँग आग्रह गर्दै आफु तथा आफ्नो पार्टीले यस क्षेत्रको विकासको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । पार्टी देशभक्ति, सदचरित्र सामाजिक आर्थिक रुपान्तरण माफर्त नेपाललाई असल संस्कारयुक्त र समृद्धि परोपकारी राष्ट्रमा विकसित गराउन क्रियाशिल लोकतन्त्रप्रति पूर्ण प्रतिबद्ध रहि आएको चर्चा गर्नु हुदै नेता कुर्मीले समाज र राष्ट्रको विकासको लागि यो चुनाव महत्वपूर्ण भएको बताउदै चुनावमा असल नेतृत्वको पहिचान गरी मत दिनका लागि आग्रह गरेका थिए । स्थानिय उमेश पटेलको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका जिल्ला सचिव अमोद कुमार केवट, सदस्य हिरा साह तुरहा, इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक कुशल बहादुर बुढा, विद्यार्थी नेता गौरव कुमार रौनियार, राम कहार, जेपी ठाकुर, लगायतकाले शुभकामना मनतव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब ५० जना नेता कार्यकर्ताहरु नेपाल परिवार दलमा प्रवेश गरेका थिए ।