२४ वैशाख, झापा । झापा र इलाममा आइतबार दुई वटा शव भेटिएको छ । झापाको बिर्तामोड-३, कछुबारीका ४० वर्षीय दिपेन महतो र इलाम, माङसेबुङ-३ घर भई हाल माई-७ बस्दै आएका शुकमान राईका ४ महिने छोरीको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार बेलुका खाना खाएर कोठामा सुतेका महतोलाई विहान श्रीमतिले अचेत अवस्थामा भेटेकी थिइन् । बिर्तासिटी हस्पिटलले उनलाई मृत घोषणा गरेको छ । झापा र इलामको दुवै घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।