तेह्रथुम, वैशाख २४ – तेह्रथुमको आठराईबाट पाँचथरको फिदिमका लागि छुटेको मे १ ज २३८५ नम्बरको जीप चुहानडाँडामा आइतबार बिहान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीरे छ । घाइतेमध्ये चुहानडाँडा–२ बस्ने गीता कट्टेल, जमुना कट्टेल र चुहानडाँडा–६ की तुलसा बाँस्कोटा गम्भीर घाइते भएका छन् । उनीहरुको पाँचथर अस्पचालनमा उपचार सम्भव नभएपछि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा रिफर गरिएको छ । सडकबाट चिप्लिएर जीप दुर्घटना भएको प्रहरीले बताए पनि चालक फरार रहेकाले घटना हुनुको कारण खुल्न सकेको छैन् ।