२४ वैशाख, उदयपुर । नयाँ शैक्षिकसत्र सुरु भइसके पनि उदयपुरका सरकारी विद्यालयका धेरै विद्यार्थीले पाठ्यपुस्तक प्राप्त गर्न सकेका छैनन् । पाठ्यपुस्तक प्राप्त हुन नसक्दा पठन–पाठन प्रभावित बनेको छ । जिल्लामा रहेका झन्डै ४५० सरकारी विद्यालयमध्ये निम्नमाध्यमिक तहका विद्यार्थीले एक दुई विषयबाहेक अन्य पुस्तक अहिले पनि प्राप्त गर्न नसकेको सम्बन्धित विद्यालयका विद्यार्थीहरु बताउँछन् । यस्तै माध्यमिक तहको समेत पूरक विषयको अहिलेसम्म प्राप्त गर्न नसकेको जनता मावि हँडियाका एक शिक्षक बाबुनारायण चौधरीले बताए । प्राथमिक तहमा समेत पुस्तक नपाउँदा विद्यार्थी विद्यालयमा गएर दैनिक कक्षामा बसेरमात्र फर्कनुपर्ने अवस्था रहेको सत्यवती प्रावि डहर खाँबुका शिक्षिका पार्वती राई बताउँछन् । पुस्तक मगाइए पनि समयमा आइनपुगेका कारण वितरणमा नै समस्या रहेको त्रियुगा उच्चमावि, गाईघाटका शिक्षक गोपाल श्रेष्ठले बताए । जिल्लाको पहाडी क्षेत्रका अधिकांश सरकारी विद्यालयमा अहिलेसम्म पनि २५ प्रतिशत पुस्तकसमेत विद्यार्थीले प्राप्त गर्न नसकेको रुपाटार माविका शिक्षक नरेन्द्रलाल कर्ण बताउँछन् ।कर्ण भन्छन्, ‘विद्यालयमा विद्यार्थी आएर दैनिक