कपिलवस्तु, २४ बैशाख । कपिलवस्तु जिल्लाको नगरपालिका नजिक बालमन्दिर बिल्डिङ्ग तौलिहवामा रहेको गत १२ वर्षदेखि ग्राहकलाई रेमिटान्स सेवा उपलब्ध गराउँदै अएको छ । बिदेश तथा स्वदेशबाट पठाएको रकम छिटो, छरितो तथा सुलभ तरिकाबाट ग्राहकहरुलाई रेमिटान्स सेवा दिँदै अएको यस कपिलवस्तु मनि ट्रान्सफर प्रा.लि.ले १२ वर्ष पुरा भएको उपलक्ष्यमा हिमालयन बैंकको कन्टिनेन्टल फाइनान्स सर्भिसेज रेमिट मार्फत घाम र वर्षाबाट बच्न असहाय बृद्धा ग्राहकहरु लाई छाता, टोपी, क्यालेन्डर तथा पेन लगायतका सामग्रीहरु वितरण गरेको छ । कपिलवस्तु मनि ट्रान्सफर प्रा.लि.प्रबन्धक सञ्चालक मुमताज खाँका अनुसार निरन्तर १२ बर्षदेखि ग्राहकलाई विश्वको जुनसुकै देशबाट स्वदेशमा पठाएको रकम छिटो, छरितो तथा सुलभ तरिकाले ग्राहकहरुलाई सन्तुष्ट पारी रेमिटान्स सञ्चालनमा रहेको छ । यस मनि ट्रान्सफरमा जिल्लाका विभिन्न गाउँबाट पैसा झिक्न आउने गर्दछन् । यस मनि ट्रान्सफरले हिमालय बैक को सीएफएस रेमिट, वेस्टर्न युनियनको सीज फिन्को, सीटी मनी एक्सप्रेस ट्रान्सफर, बूम रेडिम, यस रेमिट, प्रभु रेमिट, बेस्ट रेमिट, एनएमबी कुलभ रेमिट आदि रेमिटहरु सञ्चालनमा रहेको यस कपिलवस्तु मनि ट्रान्सफर प्रा.लि.का अध्याक्ष इमरान खानले बताएका छन् ।