५ असार, झापा । दोस्रो चरणको स्थानीय निर्वाचनको मनोनयन दर्ताको दिन झापामा निर्वाचन विरोधी गतिविधि गर्ने दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादीका जिल्ला अध्यक्ष उमेश अधिकारी र सञ्चार प्रमुख पारस तिम्सिना छन् ।जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी प्रवक्ता डिएसपी हरिप्रसाद शर्माले दिएको जानकारी अनुसार अधिकारीलाई शिवसताक्षी–८ मा मनोनयन दर्ता गर्न जाँदै गरेका उम्मेदवारलाई अवरोध पुर्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।सञ्चार प्रमुख तिम्सिनालाई भने बिर्तामोडबाट पक्राउ गरिएको हो । दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाइएको छ । झापाका ८ मतदान केन्द्र अति संवेदनशील, ९८ संवेदनशील र १ सय ३९ सामान्य रहेको प्रहरीले जनाएको छ ।